पाेखरा। पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ।
लकडाउनले समस्यामा परेका मजदुर एवं विपन्न वर्गलाई राहत प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको राहत कोषमा हालसम्म तीन करोड ७८ लाख ३५ हजार ३९१ संकलन भइसकेको छ।
पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले आज एक लाख रूपैयाँ सहयोग गरेको छ।
महानगरपालिकाले दुई करोड रूपैयाँ राखेर स्थापना गरेको कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्फबाट ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोग रहेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए। रासस
" /> पाेखरा। पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ।लकडाउनले समस्यामा परेका मजदुर एवं विपन्न वर्गलाई राहत प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको राहत कोषमा हालसम्म तीन करोड ७८ लाख ३५ हजार ३९१ संकलन भइसकेको छ।

">