बाँके। भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ।
विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाँडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ।
खासीमको तीनजनाको परिवार छ। उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ। उनको परिवार पनि २५ दिनअघि दाङबाट आएको हो।
उनीहरूसँगै सातजनाको परिवार विगत तीन सातादेखि त्रिपालको बास बसिरहेका छन्। उनीहरू नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाका लागि चैत पहिलो साता कोहलपुर आएका थिए। तर, कोरोना भाइरस संक्रमण हुन नदिन जारी गरिएको लकडाउनका कारण उनीहरू आफ्नो देश फर्कन पाएनन्।
२५ मध्ये १६ जनाले आफ्नो मुलुक फर्कन रेलको टिकटसमेत काटिसकेका थिए तर, लकडाउनका कारण त्यो रद्द भयो।
नेपालको सीमावर्ती भारतीय नाका रुपैडिहाबाट हैदराबाद पुग्न रेलमार्गमार्फत् पाँच दिन लाग्ने गर्छ। “हामी आफ्नो देश जान आएका थियौं, लकडाउनका कारण यही रोकियो। अलिअलि कमाएको पैसा पनि सकियो, अहिले समस्या भएकाे छ”, अब्दुर रहमानले भने।
आफूजस्तै धेरैजनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। “कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, अहिले हामी समस्या र पीडाले छटपटाइरहेका छौं”, अर्का भारतीय नागरिक मोहम्मद अलिले भने, “स-साना बालबालिकाहरूको भोकप्यास मेटाउन समस्या परेको छ।”
राहतका लागि वडा पालिकामा नाम लेखाएको भए पनि एक साता हुँदासमेत राहत नपाएको उनको गुनासो छ। “एकजना दाइले वडाले राहत दिन्छ भनेर नाम लेखाउनुभयो, खै राहत अझै आएको छैन”, हुसेन अलिले भने, “यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन्। कमाएको पैसा पनि सकियो। अहिले निकै समस्या भएको छ।”
राहतका लागि आफूहरू दुई/दुई पटक वडा कार्यालयमा गए पनि नागरिकता मागेपछि राहत नपाएको उनको गुनासो छ। “हामी त भाँडाकुडा बनाएर खाने मान्छे, सबै कागजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बास बसेको छाैं। लकडाउन छ, कसरी ल्याउने नागरिकता ? हामीलाई राहत उपलब्ध गराइदिए हुन्थ्यो”, उनले भने।
आफ्नो मुलुक भारततर्फ जान आएको बेला उनीजस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको छ।
कोहलपुर नगरपालिका-११ का वडाध्यक्ष कर्णबहादुर थापाले राहत वितरणका लागि उनीहरूको पनि नामावली सङ्कलन गरिएको र नगरपालिकाले दोस्रो चरणमा उनीहरूलाई राहत वितरण गर्ने बताए। उनले दोस्रो चरणमा राहत वितरणका लागि १५ सयभन्दा बढी नागरिकको नामावली संकलन गरिएको जानकारी दिए। रासस
" /> बाँके। भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ।विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाँडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ।

">