भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ५३ को नमूना संकलन गरी कोभिड-१९ को परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिएको छ।
काेरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमार्फत् गरेको तयारीका बारेमा आज जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सबै वडामा गरेको सर्वेक्षणमा विभिन्न १५ देशबाट फर्किएका ६५ को पहिचान गरी ५३ जनाको नमूना सङ्कलनसहित परीक्षण गरेकाे बताए। बाँकी १२ जनामध्ये केही गाउँ फर्किसकेका र केही सेल्फ क्वारेन्टाइनमा १४ दिन बिताइसकेको जानकारी आएको उनको भनाइ थियो।
कोरोना भाइरसको परीक्षण गर्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पीसीआर) मेसिनसहितको ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म तयारी अवस्थामा राखेको उनले बताए। रासस
" /> भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ५३ को नमूना संकलन गरी कोभिड-१९ को परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिएको छ।काेरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमार्फत् गरेको तयारीका बारेमा आज जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

">