काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा परेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन भइरहेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत्को स्वास्थ्य सेवा विभागले अघि बढाएको र विवादमा परेपछि रद्ध भएको स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनका क्रममा रहेको प्रधानमन्त्रीले बताएका हुन्।
देखापढीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले भने, “यस्तो महामारीको विशेष परिस्थितिमा अघि बढाइएको प्रक्रिया रद्ध भयो भनेर मैले पनि सञ्चामाध्यमबाट थाहा पाएको हुँ। प्रक्रिया उपयुक्त भएन भनेर त विभागका डीजीले नै रद्ध गरिसकेका छन्। यस्तो अवस्था किन आयो भनेर हेर्ने र बुझ्ने काम हामीले गरिरहेका छौँ।”
प्रधानमन्त्री ओलीले कुनै प्रकारको अनियमितता भेटिए दोषीलाई दण्डित गरिनेसमेत बताए।
“नेपाल सरकारको भ्रष्टाचारविरुद्धको कमिटमेन्ट हो, मैले भनेको छु म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न दिन्नँ”, उनले भने, “कसैले गर्छ भने त्यसको छानबिन गर्छु र कारबाही गर्छु। यसबारे छानबिन भइरहेकाले अहिले म धेरै नभनौँ।”
(प्रधानमन्त्री ओलीसँगको विस्तृत अन्तर्वार्ता देखापढीमा छिट्टै प्रकाशन हुँदैछ)
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा परेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन भइरहेको बताएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत्को स्वास्थ्य सेवा विभागले अघि बढाएको र विवादमा परेपछि रद्ध भएको स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनका क्रममा रहेको प्रधानमन्त्रीले बताएका हुन्।

">