केलाली। सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।
प्रादेशिक अस्पतालले आज सूचना प्रकाशन गर्दै भोलि, ३ वैशाखदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो।
प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ।
यो अवधिमा आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको छ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले सामाजिक विकास मन्त्रालयबाट प्राप्त पत्र अनुसार नै सूचना जारी गरेको बताए।
हाल सेती प्रादेशिक अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञहरूको बारेमा भने कुनै निर्णय नभएको मेसु डा. पाण्डेयले बताए ।
सेती प्रादेशिक अस्पतालमा आधा दर्जनभन्दा बढी स्त्री रोग विशेषज्ञ, दर्जनौँ नर्स र स्वास्थ्यकर्मीहरूले प्रसूति सेवा दिँदै आएका थिए। जहाँ दैनिक २५ देखि ३० जनाले प्रसूति सेवा लिने गरेका थिए।
नवजीवन अस्पतालमा भने प्रसूति सेवाको लागि डाक्टर जयराम केसी एकजना मात्रै स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छन्।
यता, नवजीवन अस्पतालले भोलिदेखि नै सेवा दिन नसकिने बताएको छ। पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समय लाग्ने भन्दै अस्पतालले भोलिदेखि नै सेवा दिन नसक्ने बताएको हो।
" /> केलाली। सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।प्रादेशिक अस्पतालले आज सूचना प्रकाशन गर्दै भोलि, ३ वैशाखदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो।

">