काठमाडौं। नेपालमा रहेका ब्राजिलका नागरिक लिएर नेपाल एअरलाइन्सको जहाज भारतको नयाँ दिल्ली गएको छ।
ब्राजिलको राजदूतावासले आफ्ना नागरिकलाई स्वदेश लैजानको लागि जहाज चार्टर्ड गरेर नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताइन्।
नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले आज दिउँसो १ः३० बजे दिल्लीको लागी उडान भरेको हो। ब्राजिलले आफ्ना नागरिकलाई नेपालबाट दिल्ली हुँदै स्वदेश लैजान लागेको हो।
त्यसैगरी, नेपाल एअरलाइन्सको दुई वटा जहाज कार्गो उडानको लागि पनि बुकिङ भएको छ। चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनको लागि ४ बैशाखमा नेपाल एअरलाइन्सका दुवै वाइडबडी जहाज ग्वान्जाओ जाने टुङ्गो लागेको छ।
फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रीला फ्रेटले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेको हो। फ्ल्यास फ्रेट लजिस्टिकले यसअघि पनि दुई पटक नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर गोन्जाओबाट स्वास्थ्य सामग्री ल्याइसकेको छ।
" /> काठमाडौं। नेपालमा रहेका ब्राजिलका नागरिक लिएर नेपाल एअरलाइन्सको जहाज भारतको नयाँ दिल्ली गएको छ।ब्राजिलको राजदूतावासले आफ्ना नागरिकलाई स्वदेश लैजानको लागि जहाज चार्टर्ड गरेर नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताइन्।

">