काठमाडौं। भनिन्छ, हरेक नयाँ वर्षले आशा र उत्साह बोकेर ल्याउँछ। तर, वर्ष २०७७ को आगमन त्यसमा अपवाद जस्तै बन्यो। विश्वव्यापी महामारी बनेको कोभिड १९ विरुद्ध लड्न गरिएको लकडाउनमै नेपालीले नयाँ बर्षलाई स्वागत गरे। महामारीसँग जुध्नुपर्ने जीवन संघर्षको यो घडीमा धेरैले नयाँ बर्षको उल्लास मनाउन घरबाहिर निस्कन पाएनन्।
एक किसिमले भन्दा त्रास र उकुसमुकुसकै बीच नयाँ बर्षलाई स्वागत गर्ने दिन आइपुग्यो। यो त्रास र उकुसमुकुसबाट चाँडै मुक्ति पाइयोस् भन्ने आकांक्षासहित नै धेरैले नयाँ बर्षको यात्रा शुरु गरेका छन्। तर, यो वर्षले केही आशाका किरण पनि सँगै बोकेर ल्याएको छ, जसले यो महामारीको पीडा भुल्न मात्र होइन तंग्रिएर अघि बढ्न पनि सघाउनेछन्। यहाँ हामी त्यसबारेमै चर्चा गर्दैछौं।
संकटमै छ आशा पनि
धेरैलाई लाग्न सक्छ, यो त्रास र अन्योलको बीच पनि के आशाको कुरा गर्नु ! एकपल्ट २०७३ सालको नयाँ वर्षलाई फर्केर हेरौं न। धेरैतिर संशय थियो त्यो बेला। महाभूकम्पको एक बर्ष पुग्दासम्म पुनर्निर्माणको शुरूआतसमेत भएको थिएन। त्यसमाथि भारतले लगाएको कहालीलाग्दो नाकाबन्दी अन्त्य पुगनपुग दुई महीना हुँदै थियो। भूकम्प र नाकाबन्दी दुवैको चोटले हाम्रो मथिंगलदेखि जीविकासमेत हल्लिएको बेला थियो, त्यो।
हो, हामी २०७२ सालको कुरा गर्दैछौं। त्यो त्यसघिका कैयौं वर्षभन्दा कष्टप्रद वर्ष बनेको थियो, पलपलमा हाम्रो परीक्षा लिने। भूकम्पका कारण हामी धेरैले आफन्त गुमाएका थियौं। बस्ने घर, बालबच्चा पढ्ने स्कूलदेखि स्वास्थ्य संस्था तहसनहस भएका थिए। त्योभन्दा बढी हाम्रो मनस्थिति खल्बलिएको थियो। त्यसलगत्तैको नाकाबन्दीमा देशकै लाइफलाइन बन्द भएको थियो। र, त्यो कहालीलाग्दो अवस्थालाई पराजित गरेर नयाँ बर्ष २०७३ आएको थियो।
त्यसैगरी आएको छ, नयाँ बर्ष २०७७। यो नयाँ वर्षको आगमन कोभिड-१९ महामारीको छायाँमा परेको छ। तर, अहिले अन्योल भए पनि निश्चित छ, केही समयमा यो महामारी पनि पराजित हुनेछ।
चार वर्षअघि भूकम्प र नाकाबन्दीसँग पौठेजोरी खेल्दै पूर्वाधार निर्माणका काम अघि बढेका थिए। भूकम्पकले ढलेका घरहरू ठडिन थालेका थिए। पार्टी, सत्तल र देवालयहरू अहिले पुरानै स्वरुपमा सजिँदै छन्। र त्यो सबैले आशा जगाएको छ, पूर्वाधार विकासका हिसाबले वर्ष २०७७ अझैं सशक्त वर्ष हुनेछ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा मानिएका केही आयोजनाहरू कोभिड–१९ को दुस्प्रभावका बावजुद यही वर्ष सम्पन्न हुँदैछन्। कोभिड–१९ ले धराशायी पार्नथालेको अर्थतन्त्रमा तिनै आयोजना ‘गेम चेञ्जर’ बन्न सक्छन्।
त्यसका लागि काम रोकिएको छैन, बरु निरन्तर अघि बढिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङले पूर्वाधार विकासको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन लागिएको बताए। “कोरोना दुस्प्रभावको कारण राष्ट्रिय गौरवका आयोजानहरू केही प्रभावित भएका छन्। साना स्केलका आयोजनाहरू सुचारू गराउन ध्यान दिएका छौं। अप्ठ्यारोका बीचमा पनि पूर्वाधार विकासको कामलाई गति दिने प्रयास गरिरहेका छौं।”
काठमाडौंका सडक सुधारदेखि यस वर्ष निर्माण सम्पन्न हुनुपर्ने पुलहरूको कामलाई निरन्तरता दिइएको उनले बताए। उनले भने, “यो वर्ष निर्माण भइसक्नुपर्ने पुल बाँकी राख्याैं भने अर्को वर्ष झन् समस्या पर्न सक्छ। त्यसकारण, जनस्वास्थ्यलाई ख्याल गरेर साना परियोजनाको निर्माणलाई सुचारू राखेका छौं। ४०–५० वटा पुल यसै वर्ष तयार हुन्छ।”
२० वर्षदेखि पर्खिएको मेलम्ची खानेपानी आयोजनाको सपना यही वर्ष पूरा हुनेछ। करीब ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उक्त आयोजना यसै वर्षको असारसम्ममा सम्पन्न हुने लक्ष्य छ। पुरै देश लकडाउन हुँदा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन। आगामी असारमा मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने निर्धारित समय केही महीना पर सर्दा पनि २०७७ सालमा मेलम्चीले काठमाडौंको तिर्खा मेट्ने निश्चित छ।
मेलम्ची खानेपानी आयोजनामा अहिले पनि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन्। आयोजनाका साईट इन्जिनियर शेखर खनाल भन्छन्, “यदि बैशाख महीनाभर काममा अवरोध हुँदा पनि स्थायी संरचनाबाट नै यो वर्ष मेलम्चीको पानी काठमाडौं आइपुग्छ।”
अहिले मेलम्ची खोलाको पानी टनेलमा डाइभर्सन गर्नको लागि खोलामा स्थायी संरचना निर्माणको कामभइरहेको छ। तर, वैकल्पिक रूपमा भने असार आसपासमै मेलम्चीको पानी टनेलमा ल्याउन सकिने खनालले बताए। निर्माण सामग्री आपूर्तिमा केही समस्या भएकाले काममा अवरोध भए पनि मेलम्ची आयोजना यस वर्षबाट पछाडी नजाने उनले बताए। “वर्षा सुरू हुनु अगाडी नै डाइभर्सनको लागि खोलामा स्थायी संरचना बनाउन सकियो भने अझ छिटो आयोजनाको काम पूरा हुन्छ”, खनालले भने।
भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि अन्तिम चरणमा छ। विमानस्थलको धावन मार्ग निर्माण भइसकेको छ। यात्रु आगमन र प्रस्थानको लागि टर्मिनल भवन तयार भइसकेको छ। प्रशासनिक भवन, टावर, ट्याक्सी वे, एप्रोन निर्माणको काम पनि सकिएको छ।
टर्मिन लभवन अगाडि ट्याक्सी पार्किङ, प्रवेशद्वार फिनिसिङको काम लगभग सकिएको छ। विद्युतीय र सूचनाका उपकरण जडानको काम भइरहेका छन्। अबको एक महीनाभित्र परीक्षण उडान गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ। लकडाउनको बेला पनि विमानस्थलको फिनिसिङको काम सुचारू छ।
लकडाउनले देश ठप्प हुँदा काम नरोकिएको अर्को आयोजना हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। यो आयोजनाको काम करीब ५६ प्रतिशत सम्पन्न भएको छ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको काम अहिले अन्तिम चरणमा छ। जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनाको प्राविधिक परीक्षणको काम भइरहेको छ। आयोजनाको ७६ मेगावाटको पहिलो युनिट चालू आर्थिक वर्षको असार मसान्तभित्र सञ्चालनमा ल्याइसक्ने गरी काम भइरहेको छ। लकडाउनको अवधिमा पनि अपर तामाकोशी जलविद्युत आयोजनाको काम रोकिएको छैन। पहिलो यूनिट सञ्चालनमा आएपछि बाँकी पाँच वटा यूनिट क्रमशः सञ्चालनमा आउने अपर तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ।
नेपालको विद्युत उत्पादनको क्षेत्रमा अपर तामाकोशी ‘गेम चेन्जर’ आयोजना हो। अपर तामाकोशी सञ्चालनमा आएपछि भारतबाट आयात हुँदै आएको विद्युत कटौती हुन्छ र जलविद्युतमा नेपाल आत्मनिर्भर हुने क्रममा जान्छ। २०७७ ले नै नेपाललाई विद्युतमा आत्मनिर्भरताको बाटोमा लैजानेछ।
जनकपुर–जयनगर हुँदै कुर्था–विजुलपुरा खण्डको ३४ किलोमिटर रेल ट्रयाक बनाउने काम सम्पन्न भएको छ। उक्त ट्रयाकमा रेल चलाउनको लागि भारततर्फ पनि निर्माणकार्य अन्तिम चरणमा छ। रेल विभागका महानिर्देशक बलराम मिश्र भन्छन, “एउटा रेल बनेर परीक्षण पनि भइसकेको छ। अर्को रेल पनि ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। अरु आन्तरिक तयारी पूरा गरेर यसै वर्ष रेल चलाउन सक्ने अवस्थामा छौं।”
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पूर्व–पश्चिम रेल मार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। यसको विस्तृत अध्ययन २०७७ भित्रै सकिने मिश्रले बताए।
त्यसैगरी, खोकनाबाट सातदोबाटो, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म रेल सञ्चालन गर्नका लागि रेल विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ। यो अध्ययन पनि यसै वर्ष पूरा हुने मिश्रले बताए।
धुर्मुश सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रङ्गशालामा मैदान निर्माण तयारी लगभग अन्तिम चरणमा छ। यसको अगुवाई गरिरहेका कलाकार सिताराम कट्टेलले भने, “नयाँ वर्षको शुरुआतमै नेपालीमा खुशी साट्ने अवस्थामा थियौं। क्रिकेट मैदान लगभग तयारी अवस्थामा पुगेको थियो। लकडाउनको कारण रोकिएको छ।”
कोरोनाको महामारी सकिएको केही समयमै क्रिकेट खेलको लागि मैदान तयार हुने कट्टेलले बताए। “केही समयमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान हुन्छ। कोरोनाको सन्त्रासबीच यो खुशीको कुरा हो। कोरोनाले समस्या नल्याएको भए रङ्गशालाको सबै काम २०७७ भित्रमै सकिने अवस्था थियो”, उनले भने। स्रोत व्यवस्थापन र निर्माण सामग्री अभाव हुने भएकाले खेल मैदानबाहेक स्ट्रक्चर निर्माणको काम भने केही समय पर धकेलिएको कट्टेलले बताए।
यस वर्ष कतिपय बहुवर्षीय आयोजनाहरू सम्पन्न हुने अवस्थामा भए पनि आयोजनाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा पर धकेलिन सक्ने पूर्वाधार विज्ञ सूर्यराज आचार्यले बताए। उनले भने, “आयोजना व्यवस्थापनमा पहिलेदेखि नै ठूलो समस्या छ। नीतिगत रूपमै समस्या भएका कारण योजनाहरू अलपत्र पर्दै आएका छन्। अहिले कपितपय निकायहरू फुर्सदमा छन्। यस्तो बेला नीतिगत सुधारको लागि पूर्वतयारी गर्न सकिन्छ।”
सार्वजनिक खरीद ऐन र ओभरसाइट एजेन्सीहरू धेरै भएका कारण आयोजना प्रमुखले योजनालाई गति दिन नसकेको आचार्यले बताए। “आयोजना प्रमुखलाई अधिकार, सुरक्षा र स्थायित्वको निश्चितता गर्ने हो धेरै आयोजनामा तीब्रता आउँछ”, आचार्यले भने।
कपितय आयोजनाको बजेट विनियोजन भइरहेको र निर्माण सामग्रीको व्यवस्थापन गर्दा मात्रै पनि सम्पन्न हुने अवस्थामा रहेकाले सरकारले निर्माण सामग्री व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए।
" /> काठमाडौं। भनिन्छ, हरेक नयाँ वर्षले आशा र उत्साह बोकेर ल्याउँछ। तर, वर्ष २०७७ को आगमन त्यसमा अपवाद जस्तै बन्यो। विश्वव्यापी महामारी बनेको कोभिड १९ विरुद्ध लड्न गरिएको लकडाउनमै नेपालीले नयाँ बर्षलाई स्वागत गरे। महामारीसँग जुध्नुपर्ने जीवन संघर्षको यो घडीमा धेरैले नयाँ बर्षको उल्लास मनाउन घरबाहिर निस्कन पाएनन्।एक किसिमले भन्दा त्रास र उकुसमुकुसकै बीच नयाँ बर्षलाई स्वागत गर्ने दिन आइपुग्यो। यो त्रास र उकुसमुकुसबाट चाँडै मुक्ति पाइयोस् भन्ने आकांक्षासहित नै धेरैले नयाँ बर्षको यात्रा शुरु गरेका छन्। तर, यो वर्षले केही आशाका किरण पनि सँगै बोकेर ल्याएको छ, जसले यो महामारीको पीडा भुल्न मात्र होइन तंग्रिएर अघि बढ्न पनि सघाउनेछन्। यहाँ हामी त्यसबारेमै चर्चा गर्दैछौं।

">