काठमाडौं। कोभिड-१९ का संक्रमितहरू बढ्दै गएपछि सरकारले लकडाउनको अवधि लम्बाएको छ। लकडाउनका कारण ११ चैतदेखि अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द भएका छन्।

खाद्यान्न, तरकारी पसल, केही पेट्रोल पम्प, हस्पिटललगायत अत्यावश्यक सेवाका केही क्षेत्रबाहेक अन्य सबै क्षेत्र बन्द गरिएको छ। तर, खाद्यान्न, तरकारी तथा पैसाबाट पनि संक्रमण फैलिन सक्ने चेतावनी विश्व स्वास्थ संगठनले दिएको छ।

यस्तो अवस्थामा इन्टरनेटमार्फत् व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीहरू विकल्पको रूपमा उदाइरहेका छन्। अनलाइनबाट अर्डर लिने र घरसम्मै सामग्री पुर्‍याउँदै आएका कम्पनीहरूको व्यापार दिनदिनै बढ्दै गइरहेको छ।

लकडाउनको समयमा किनमेलका लागि घरबाहिर निस्कन पनि जोखिम हुने समस्यालाई मध्यनजर गर्दै सरकारले पनि अनलाइन सपिङ कम्पनी सञ्चालनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नै ई-कमर्स व्यवसाय सञ्चालन गरेको छ।

कम्पनीले https://www.nepalfood.gov.np नामको वेबसाइटबाट अनलाइन सपिङको सेवा दिँदै आएको छ।

ग्राहकले यही वेबसाइटमा गएर आफूलाई चाहिने खाद्यान्न अर्डर गर्न सक्छन्। कम्पनीले हालको लागि तीन प्रकारका सामग्री बेच्न राखेको छ।

कम्पनीका अनुसार हाल एक हजार ४१० रूपैयाँ मूल्य पर्ने ३० किलोको सोना मन्सुली चामल, एकहजार ८९० रूपैयाँ पर्ने ३० किलोको जापानी चामल किन्न पाइन्छ। त्यस्तै २४० रूपैयाँ पर्ने दुई केजीको कर्णालीको सिमीसमेत किन्न पाइन्छ। उक्त कम्पनीबाट सामान किन्दा दुई हजारदेखि  पाँच हजार रूपैयाँसम्मको सामान अर्डर गर्नुपर्छ।

कम्पनीले आफूसँग मौज्दात अन्य सामान सकिएपछि तीन प्रकारका सामग्री मात्र बेच्न थालेको हो। कम्पनीसँग २१ हजार मेट्रिकटन चामल र झण्डै २०० मेट्रिकटन सिमी बाँकी छ।

उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव वैकुण्ठ अर्याललाई सामग्री हस्तान्तरण गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरू।

अबको केही दिनमा दाल, चिनी, तेल र नुनसमेत अनलाइनको माध्यमबाट बेच्ने तयारी कम्पनीले गरेको छ।

त्यसको प्रक्रिया अगाडि बढिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले देखापढीलाई बताए। उनले कम्पनीमा अनलाइन अर्डर गर्ने ग्राहकले बजारमा पर्ने मूल्यमा १० प्रतिशत छुट दिएर घरमा पुर्‍याइरहेको बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरू।

यसरी अनलाइनको माध्यमबाट सामान अर्डर गर्दा ग्राहकले पहिले नै पैसा भुक्तानी गर्नुपर्छ। ईसेवा, खल्ती र आईएमई पेमार्फत् भुक्तानी भएपछि ग्राहकको लोकेसन खोजेर घरसम्म सामान पुर्‍याइन्छ।

कोरोना भाइरस संक्रमण नरोकिँदासम्म कम्पनीले डेलिभरी चार्ज पनि नलिने सुवेदीले बताए।

यसरी, १० प्रतिशत छुट दिएर निःशुल्क घरसम्मै सामान पुर्‍याउँदा व्यापारीले फाइदा लिन सक्ने भएकाले अधिकतम पाँच हजार रूपैयाँभन्दा बढीको अर्डर गर्न नमिल्ने बनाइएको हो।

यस्तै, दुई हजारभन्दा तलको सामान पुर्‍याउन परे समस्या हुने देखेर कम्तीमा पनि दुई हजार रूपैयाँको अर्डर गर्न पर्ने नियम बनाइएको सुवेदीले बताए।

खाद्य कम्पनीका प्रशासन प्रमुख रनबहादुर बुढाथोकीले कम्पनीका कर्मचारी नयाँ प्रविधिमा भिज्दै गएको बताए।

घरमा डेलिभरी गर्न जाँदा लोकेसनको समस्या भइरहेको भए पनि आफूहरूले धेरै काम सिकिसकेको उनको भनाइ छ। भने, “पहिले कहिल्यै नगरेको काम भर्खर शुरू गरेका छौं। तर, काम शुरू गरेको एक हप्तामै हामी अभ्यस्त हुन थालिसकेका छौं।”

कम्पनीले २ वैशाखसम्ममा ३५ जना ग्राहकलाई सामान पुर्‍याएको जानकारी दिएको छ। ग्राहकले सामान अर्डर गरेको एक दुई दिनभित्र सामान पुर्‍याइन्छ।

कम्पनीका प्रशासन प्रमुख बुढाथोकीले हाल ८ जनाले होम डेलिभरीको काम गर्दै आएको बताए। भने, “तर, मागअनुसारको डेलिभरी गर्न हामीलाई यति कर्मचारीले पुगेको छैन। सायद हामी नयाँ भएर होला।”

कम्पनीले अहिलेलाई आफ्नो सेवा काठमाडौं उपत्यकाको चक्रपथभित्र मात्र सीमित राखेको छ। कम्पनीले लकडाउन सकिएपछि पनि आफ्नो अनलाइन व्यवसायलाई निरन्तरता दिने योजना बनाएको छ।

" /> काठमाडौं। कोभिड-१९ का संक्रमितहरू बढ्दै गएपछि सरकारले लकडाउनको अवधि लम्बाएको छ। लकडाउनका कारण ११ चैतदेखि अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द भएका छन्।

"> अनलाइन अर्डर लिँदै सरकारी कम्पनी, घरघर पुर्‍याउँदैछ खाद्यान्न: Dekhapadhi
अनलाइन अर्डर लिँदै सरकारी कम्पनी, घरघर पुर्‍याउँदैछ खाद्यान्न

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्