प्रदेश १ मा र्‍यापिड टेस्टसँगै नतिजा आउने संख्या पनि थपियो
द्रूत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा आजसम्म ६५३ जनाको नमूना परीक्षण भएको छ।
द्रूत परीक्षण विधिअन्तर्गत् आजसम्म जम्मा ४०२ जनामा कोरोना परीक्षण गरिएकोमा ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ।
जसमा ५६ महिला र ३४६ पुरुष छन्। यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २३९ पुगेको छ। जसमा ४० महिला र १९९ पुरुष गरी २३९ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो। अरु २० जनाको नतिजा आउन बाँकी छ।
यो विधिबाट जम्मा २५१ को नमूना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ। गएको २९ चैतबाट प्रदेश १ का क्वारेन्टाइनमा रहेकाहरूको नमूना परीक्षण गरी द्रूत गतिमा परीक्षण शुरू भएको हो।
प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको प्रबन्ध गरिएको छ।
यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरू भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
आजसम्म क्वारेन्टाइनमा बस्नेका ५३८ जना छ। ५३ जना डिस्चार्ज भएका छन्। आइसोलेसन बेडमा आजसम्म १० जना बसिरहेका छन्। होम क्वारेन्टाइनमा जम्मा तीन हजार ६८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्