कोभिड-१९ महामारीका बीच कोरियामा आज निर्वाचन, संक्रमितलाई पनि मतदानको व्यवस्था
काठमाडौं। कोभिड-१९ को माहामारीकै बीच राष्ट्रिय सभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ।
वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ। हाल सदनमा यो दलको १२० सिट छ।
बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ।
सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसद छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन्।
उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् ।
मजदूरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ।
तर, कोरोना माहामारी नियन्त्रणका लागि उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ ।
मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ ।
कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना भाइरस संक्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ।
मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७.५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ ।
चुनावमा कोरोना संक्रमितले पनि मतदान गर्न पाउनेछन्।
उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ।
साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै मतदान गरिसकेका छन्।
माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको थियो।
दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी प्रचारप्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेन्जरबाटै प्रचार गरे भने केही ठाउँमा गाडीबाट माइकिङमार्फत् उम्मेद्वारले आफ्नो योजना भने र ब्यानर टाँस्ने काम पनि गरेका थिए ।
चीनको वुहानमा कोभिड-१९ देखिएलगत्तै संक्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले लकडाउन नगरेरै संक्रमण रोक्न सफलता प्राप्त गरेको भन्दै चर्चा भइरहेको छ।
त्यहाँ हालसम्म १० हजार ५३७ जनाको संक्रमण देखिएको छ भने २१७ ले ज्यान गुमाएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्