कोभिड-१९ बाट अमेरिकामा २५ हजार ९८१ को मृत्यु

वासिङ्टन। कोभिड-१९ का कारण अमेरिकामा हालसम्म २५ हजार नौ सय ८१ जनाको मृत्यु भएको छ।

जोन हकिन्स विश्‍वविद्यालयका अनुसार कोभिड-१९ को मृतक संख्या अमेरिकामा सबैभन्दा बढी छ। अमेरिकामा हालसम्म ६ लाख आठ हजार तीन सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लाखौं अमेरिकी नागरिक बेरोजगार बनेका छन्। कोरोना संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण मानिसहरू घरमै सीमित छन्। उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सबै ठप्प छन्। अमेरिकी अर्थतन्त्र ओरोलो गतिमा देखिएको छ।

डिसेम्बर २०१९ देखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण संसारभर फैलिइसकेको छ। संसारभर १९ लाख ९७ हजार जनामा यसको संक्रमण देखिइसकेको छ। र, एक लाख २६ हजार पाँच सय ३९ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनमा एक लाख ७४ हजार ६० जना संक्रमित र १८ हजार दुई सय ६६ को मृत्यु, इटालीमा एक लाख ६२ हजार चार सय ८८ जना संक्रमित र २१ हजार ६७ को मृत्यु तथा जर्मनीमा एक लाख ३२ हजार दुई सय १० जना संक्रमित र तीन हजार चार सय ९५ जनाको मृत्यु भएको छ।

यस्तै, फ्रान्समा एक लाख ३१ हजार तीन सय ६१ मा संक्रमण र १५ हजार सात सय ४८ जनाको मृत्यु, बेलायतमा ९४ हजार आठ सय ४५ मा संक्रमण र १२ हजार एक सय २९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्