सुदूरपश्चिम प्रदेश : तीन हजार ९१७ जनाको रिपोर्ट नेगेटिभ, संक्रमित पाँचजनाको स्वास्थ्य सामान्य

धनगढी। कोभिड-१९ संक्रमणको बढी देखिएको सुदूरपश्चिम प्रदेशमा हिजो, २ वैशाखसम्म पाँच हजार ४६१ जनाको नमूना संकलन गरिएको छ।

तीमध्ये परीक्षण सकिएका तीन हजार ९१७ को नतिजा नेगेटिभ आएको छ।

एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।

प्रदेशमा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका र शंकास्पद व्यक्तिहरूको आरटीपीसीआर र आरडीटी विधिबाट कोभिड-१९ को परीक्षण भइरहेको छ।

दुई हजार ५२० को आरटीपीसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ।

यही पद्धतिबाट गरिएको नमूना परीक्षणमा पाँचजनामा कोरोना भाइरस संक्रमण यसअघि नै पुष्टि भइसकेको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् कोरोना सङ्क्रमित पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना संकलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

दुई दिनअघि कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्