सातै प्रदेश सभामुखसँग भर्चुअल बैठक गर्दै राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज अपराह्न एक बजे सातै प्रदेशका सभामुखहरूसँग भर्चुअल बैठक गर्दै छन् ।

कोभिड-१९ को विश्वव्यापी महामारीका सन्दर्भमा प्रदेश र स्थानीय तहहरूको वर्तमान अवस्था, भए-गरेका प्रयास, समस्या र समाधानमा उपायबारेमा बैठकमा छलफल हुने अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

आपसी समन्वयमार्फत कोभिड-१९ विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याउनेबारे पनि त्यस क्रममा छलफल हुनेछ ।

यस्तै, राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले भोलि दिउँसो १ बजे सातै प्रदेशका उपसभामुखहरूसँग भर्चुअल बैठक गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्