फेसबुकमा कोरोना संक्रमित भेटिएको भ्रम फैलाउने एकजना पक्राउ
सुर्खेत। कोरोना भाइरस संक्रमित भेटिएको भन्दै फेसबुकमार्फत् भ्रम फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरेन्द्रनगर-८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।

आचार्यले फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रहरीले ‘लेकबेँसी नगरपालिका-१ मा एकजनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने प्रेमविवश नामक प्रयोगकर्ताको पनि खोजी गरिरहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्