मुस्लिम आयोगले भन्यो- ‘क्‍वारेन्टाइनका लागि मदरसाका भवन उपलब्ध गराउँछौं’ <p>काठमाडौं। राष्&zwj;ट्रिय मुस्लिम आयोगले थप क्&zwj;वारेन्टाइनका लागि देशभरका मदरसा भवनहरू उपलब्ध गराउन सकिने जनाएको छ।&nbsp;</p> <p>आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विज्ञप्तिमार्फत सरकारले थप क्&zwj;वारेन्टाइनको व्यवस्थापन गर्न आवश्यक ठानेमा पहल गर्ने बताएका हुन्। कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो देखिएको अवस्थामा देशभर थप क्&zwj;वारेन्टाइन आवश्यक पर्ने आयोगको ठहर छ।</p> <p>देशभरि पर्याप्त संख्यामा होस्टेलसमेत मदरसामा उपलब्ध छन्। ती मदरसामा भान्साघर, शौचालय, स्&zwj;नानकक्ष, बिजुली, खानेपानी आदिको व्यवस्थासमेत रहेकाले सहज हुने बताइएको छ। त्यसरी नै पर्याप्त आकारका मैदान पनि ती मदरसामा उपलब्ध छन्।&nbsp;</p> <p>राज्य विपदमा रहेका बेला क्&zwj;वारेन्टाइन प्रयोजनका लागि आफ्ना मदरसा भवन उपलब्ध गराएर सहयोग गर्न चाहने व्यवस्थापन समितिहरूले आयोगमा यथाशीघ्र सम्पर्क गर्न पनि आग्रह गरिएको छ। आयोगले सबैलाई आ-आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न भनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्