काठमाडौं। लकडाउनको अवस्थामा अत्यावश्यक सवारी साधन संचालनका लागि इ-पासको व्यवस्था गरे पनि भीड थेगिनसक्नु भएपछि जिल्ला प्रशासन कार्यालयले पास वितरणलाई झन कडाइ गरेको छ।
कार्यालयले एक सूचना निकालेर सवारी पासको माग अत्याधिक बढेको र भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकाले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूलाई बाहेक अन्य प्रयोजनको लागि पास जारी नहुने जनाएको छ।
"इ-पास खुलाएपनि हामीले थेग्न नसक्ने भयौँ। सात/आठ हजार आउन थाले के लकडाउन नै भएन नी। यसरी त अर्को समस्या निम्तिन सक्छ। त्यसैले यो निर्णय गर्न वाध्य भयौं", काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले देखापढीसँग भने।
गृह मन्त्रालयले हिजो, २ वैशाखदेखि अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत् फारम भरेर सवारी पास लिन सकिने व्यवस्था गरेको थियो।
गृहमन्त्री रामबहादुर थापाले सामाजिक दूरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावश्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस् भन्ने उद्देश्यले इ-पासको व्यवस्था गरिएको बताएका थिए।
" /> काठमाडौं। लकडाउनको अवस्थामा अत्यावश्यक सवारी साधन संचालनका लागि इ-पासको व्यवस्था गरे पनि भीड थेगिनसक्नु भएपछि जिल्ला प्रशासन कार्यालयले पास वितरणलाई झन कडाइ गरेको छ।कार्यालयले एक सूचना निकालेर सवारी पासको माग अत्याधिक बढेको र भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकाले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूलाई बाहेक अन्य प्रयोजनको लागि पास जारी नहुने जनाएको छ।

">