काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई दिएको छ।
राष्ट्र बैंकले नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ति गर्न उक्त चिनियाँ कम्पनीसँग २८ चैतमा सम्झौता गरेको मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक विश्रुत थापाले बताए।
चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाँच रूपैयाँ दरका ३० करोड थान नोट डिजाइन, छपाई र आपूर्ति गर्नेछ। जसका लागी ४३ करोड ९७ हजार ५०० अमेरिकी डलर राष्ट्र बैंकले उक्त कम्पनीलाई भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
चिनियाँ कम्पनीले प्रतिस्पर्धाबाट नोट छाप्ने टेण्डर पाएको हो।
आउँदो अक्टोबरभित्र पाँच रूपैयाँ दरका नयाँ नोट छापिएर आउने थापाले बताए। जुन नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई दिएको छ।

">