सनसिटी अपार्टमेन्टको ब्लक 'ए' मा सबैको टेष्ट नेगेटिभ, परीक्षणपछि खुशीको माहोल (भिडिओसहित)

काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेष्‍ट विधिबाट कोभिड-१९ को परीक्षण गर्दा 'ब्लक ए' मा बस्‍ने सबैजनाको नतिजा नेगेटिभ आएको छ।

अपार्टमेन्टमा बस्ने दुईजनामा हिजो, २ वैशाखमा कोभिड-१९ पुष्‍टि भएपछि त्यहाँ बस्ने सबैजनामा परीक्षण गर्ने योजना बमोजिम आजबाट र्‍यापिड टेष्‍ट शुरू गरिएको हो।

त्यहाँस्थित देखापढी सहकर्मी मिताली ओलीका अनुसार पाँच ब्लक रहेको अपार्टमेन्टमा पहिलो चरणमा 'ब्लक ए' मा परीक्षण गरिएको थियो।

संक्रमित एकै परिवारका दुईजना व्यक्ति सोही ब्लकको १५औं तलामा बस्दै आएका थिए। त्यसैले 'ब्लक ए' बाटै र्‍यापिड टेष्‍ट थालिएको हो। सो ब्लकका परीक्षण गरिएका २५० जनाको रिपोर्ट नेगेटिभ आएको छ।

र्‍यापिड टेस्टमा कसैलाई पोजिटिभ देखिएमा उनीहरूको स्वाबको नमूना पीसीआर विधिबाट पुन: परीक्षण गरिनेछ।

पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५०० फ्ल्याट छन्।

५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको पुन: पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

हिजो तीनमध्ये दुईजनामा कोभिड-१९ पुष्‍टि भएको हो।

प्रतिक्रिया दिनुहोस्