महामारीविरुद्ध लड्न अत्यावश्यक औषधीको सूची तयार गर्दै सरकार
काठमाडौं। सरकार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न चाहिने अत्यावश्यक वस्तुको सूची तयार गर्न जुटेको छ।
महामारीविरुद्ध लड्न चाहिने औषधीको सूची तयार गरेर आवश्यक पर्ने परिमाणको व्यवस्थापनमा सरकार जुटेको हो।
त्यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एउटा समिति नै बनाएको छ।
उक्त समितिले सूची तयार पारेपछि आवश्यक पर्ने परिमाण जुटाउनसमेत समिति लागिपर्ने औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।
उनका अनुसार उक्त समितिले कोभिड-१९ संक्रमणको सुरुवाति अवस्थादेखि संक्रमितलाई आईसीयूमा राख्दा चाहिने औषधीहरूको सूची बनाउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्