कर्जन्हा नगरपालिकाले नगरवासीको विद्युत् महसुल तिरिदिने <p>सिरहा। लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ।</p> <p>नगरपालिका कार्यपालिकाको बैठकले दुई महीनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो।</p> <p>यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरूका लागि २० लाख रूपैयाँको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगर प्रमुख गंगा पासमानले जानकारी दिए।</p> <p>त्यस्तै नगरपालिकाले विभिन्न वडाका अतिविपन्न, दलित दुई हजार परिवारलाई परिवार संख्याको अनुपातमा चारजनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा किलाे स्वाबिन तथा चारजनाभन्दा बढी संख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दरले राहत वितरण गरिएको नगरप्रमुख पासमानकाे भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्