सेती अस्पतालमा चारवटा भेन्टिलेटर जडान
<p>कैलाली। सेती प्रादेशिक अस्पतालमा चारवटा भेन्टिलेटर जडान भएका छन्।</p>
<p>कोरोना भाइरसका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अस्पतालले खरिद गरेका दुई र निक साइमन इन्स्टिच्युटले अनुदानमा दिएको दुई गरी चारवटा भेन्टिलेटर जडान भएको हो।</p>
<p>यसअघि अस्पतालमा एउटा मात्रै भेन्टिलेटर थियो। </p>
<p>सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले अब १० शय्याको आईसीयू पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। अस्पतालमा पाँच शय्याको मात्रै आईसीयू सञ्चालनमा छ।</p>
प्रतिक्रिया दिनुहोस्