ताेकिएकाे भन्दा बढी मूल्यमा सामान बेचेकाे भन्दै बुद्धबजारलाई दुई लाख जरिवाना <p>काठमाडाैं। तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वयम्भूस्थित बुद्ध बजार प्रालिलाई कारबाही गरेको छ।</p> <p>नियमित अनुगमनका क्रममा सो प्रालिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।</p> <p>विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्