राप्रपाका प्रदेश सांसदले कोरोना रोकथाम कोषलाई १५ दिनको पारिश्रमिक दिने
<p>काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरूले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १५ दिनको पारिश्रमितक दिने भएका छन्। </p>
<p>विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोषमा उक्त रकम योगदान गर्ने भएका हुन्। </p>
<p>राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेशमा रीता माझी, रिना गुरुङ र प्रदेश १ मा इन्दिरा राई तथा कर्णाली प्रदेशमा सोशीला शाही रहेका प्रदेश सभा सदस्य रहेका छन् ।</p>
<p>उनीहरूले आ-आफ्नो प्रदेशअन्तर्गत् रहेको कोरोना भाइरस रोकथाम कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले बताए। </p>
प्रतिक्रिया दिनुहोस्