युभेन्टस्का खेलाडी रुगानी र मटुइडी कोभिड-१९ मुक्त

काठमाडौं। इटालियन सिरी ‘ए’ महारथी युभेन्टस‍्ले आफ्ना दुई खेलाडी ड्यानियल रुगानी र ब्लेज मटुइडी कोरोना भाइरस संक्रमणबाट मुक्त भएको बताएको छ।

युभेन्टस‍्ले दुवै खेलाडीको आज दोहोरो परीक्षण गर्दा पनि नतिजा नेगेटिभ आएको जनाएको छ। युभेन्टस‍्ले ट्विटरमा लेखेको छ, ‘‘कोभिड-१९ बाट रुगानी र मटुइडी निको भएका छन्।’’

गत महीना गरेको कोभिड-१९ परीक्षणमा दुवै खेलाडीको नतिजा पोजिटिभ आएको थियो। इटालियन सिरी ‘ए’ मा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिने रुगानी पहिलो खेलाडी हुन्।

‘‘रुगानी र मटुइडीले कोभिड-१९ प्रोटोकलअनुसार दुईपटक स्वाब परीक्षण गरे’’, युभेन्टस‍्ले भनेको छ, ‘‘दुवैको नतिजा नेगेटिभ आएको छ। त्यसकारण दुवैलाई निको भएको छ। अब उनीहरूलाई घरमा आइसोलेसनमा बस्नु जरुरी छैन।’’

युभेन्टस‍्का अर्का खेलाडी पाउलो डिबालामा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो। तर, उनी यसअघि नै पूर्ण ठिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्