काठमाडौं। कोरोना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिजन्य सामग्री चीनबाट जीटूजी प्रक्रियामार्फत् खरिद गरिने भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जीटूजी प्रक्रियाबाट औषधि खरिद गर्ने विषय करीब टुंगोमा पुगेको बताए।
“चीनको सम्बन्धित सप्लायर्स कम्पनीसँग पत्राचार गरेर टुंगो लागेको छ। आजै अन्तिम निर्णय हुन्छ”, उनले भने, “हाम्रो आवश्यकताका विषयमा छलफल भइसकेको छ। त्यहाँबाट हाम्रो मुलुक आयात गर्ने बारेमा आवश्यक सामान र लागतका बारेमा प्रष्ट पारिसकिएको छ।”
परराष्ट्र र स्वास्थ्य मन्त्रालयले तीन चरणको भिडिओ कन्फ्रेन्स गरेर चाहिने सामानको बारेमा विस्तृत छलफलपश्चात् पत्राचार गरिसकिएको उनले बताए।
यसअघि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। जीटूजीको विषय टुगिन समय लागेपछि सेनालाई जिम्मा दिइएको थियो।
सचिव बिडारीका अनुसार उच्चस्तरीय समितिको बैठकले औषधिजन्य सामग्री उपकरण निजी क्षेत्रबाट आयात गर्ने सम्बन्धमा सरकारले सहजीकरण गर्ने, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट खरिद गर्ने प्रकियालाई निरन्तरता दिने पनि निर्णय गरेको छ।
कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि परीक्षणको दायरा अझ बढाउने र उपचार प्रभावकारी बनाउने निर्णय पनि भएको छ।
लकडाउनलाई प्रभावकारी रूपले अझ कार्यान्वयन गर्ने भन्दै समितिले उल्लंघन गर्नेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत् कारबाही अघि बढाउने पनि निर्णय गरेको छ।
त्यस्तै, आन्तरिक हवाई उडान पनि १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय भएको छ।
यसअघि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय गरिसकेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिजन्य सामग्री चीनबाट जीटूजी प्रक्रियामार्फत् खरिद गरिने भएको छ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जीटूजी प्रक्रियाबाट औषधि खरिद गर्ने विषय करीब टुंगोमा पुगेको बताए।

">