काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान १८ वैशाखसम्मको लागि स्थगित गरिएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आजको बैठकले आन्तरिक उडानको स्थगन समय बढाएको हो।
यसअघि आज मध्यरातसम्मको लागि आन्तरिक वायु सेवाको उडान स्थगनको निर्णय गरिएको थियो।
सरकारले सबै अन्तर्राष्ट्रिय उडान पनि १८ वैशाखको मध्यरातसम्मको लागि स्थगन गरेको छ।
त्यसैगरी, सबै सीमानाका पनि १८ वैशाखसम्म बन्द गर्ने निर्णय यसअघि नै भइसकेको छ।
सरकारले लकडाउनको समय लम्ब्याएर १५ वैशाखसम्म पुर्याएको छ। तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, एअर एम्बुलेन्स र मेडिकल सामग्री ढुवानीका लागि भने नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर वायुसेवा कम्पनीले सेवा दिन सक्नेछन्।
" /> काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान १८ वैशाखसम्मको लागि स्थगित गरिएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आजको बैठकले आन्तरिक उडानको स्थगन समय बढाएको हो।

">