गाेरखा। र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजिटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका-५ का ३१ वर्षीय एक युवकमा कोरोना भाइरसकाे संक्रमण नभएको पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा काेभिड-१९ नभएको पुष्टि भएको हो।
“आरुघाट गाउँपालिकाभित्र हिजाे गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजिटिभ देखिएका भनिएका युवकको पीसीआर टेष्टको नतिजा आज आएको हो”, गोरखा अस्पतालका कोभिड-१९ का फोकल पर्सन नारायण अर्यालले भने, “पीसीआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ।”
र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजिटिभ आए पनि नेगेटिभ आए पनि पीसीआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो।
२२ फागुनमा बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो।
गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायतका विभिन्न देशबाट आएकाको र्यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ।
१ चैतदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
" /> गाेरखा। र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजिटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका-५ का ३१ वर्षीय एक युवकमा कोरोना भाइरसकाे संक्रमण नभएको पुष्टि भएको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा काेभिड-१९ नभएको पुष्टि भएको हो।

">