काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सहयाेग रकम हस्तान्तरण गरेका हुन्।
प्राधिकरणले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्याउन संस्थागतरूपमा सहयोग गरिएको जनाएकाे छ। प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख सात हजार रूपैयाँ सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए। रासस
" /> काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सहयाेग रकम हस्तान्तरण गरेका हुन्।

">