काठमाडौं। एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरूको पहिचानमा सहयोग पुर्याउन ३ बैशाखदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ।
यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ। हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।
यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ। यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ।
“कोरोनाभाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छाैं। एनसेलका १ करोड ७० लाख भन्दा बढि ग्राहक र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं”, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने।
सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भाग लिई आफुमा कोरोनाभाइरस संक्रमणको जोखिम भए÷नभएकोे थाहा पाउन सक्नेछन्।
" /> काठमाडौं। एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरूको पहिचानमा सहयोग पुर्याउन ३ बैशाखदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ।यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्।

">