काठमाडौं। गत ११ चैतमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले समाजिक सञ्जालमा ‘पीपीई (पर्सनल प्रोटेक्टिभ ईकुप्मेन्ट)बनाउन सिलाइ-बुनाइ उद्योगहरूले सहयोग गर्न सक्ने’ सूचना लेखे। तुरुन्तै सञ्चारमाध्यमले उनको सूचनालाई समाचारको रूपमा सम्प्रेषण गरे। समाचार पुग्यो, व्यवसायी तथा समाजसेवी सञ्जय अधिकारीसम्म। ‘द रेमोण्ड सप’ नामको कपडा सिलाउने उद्योग चलाइरहेका अधिकारीले पुनसँग पीपीईबारे आवश्यक जानकारी लिएर एउटा कभर अल गाउनको स्याम्पल बनाउन शुरू गरे। पीपीई सेटको मुख्य सामग्री हो- कभर अल गाउन।
सिंगो शरीर ढाक्ने कभर अल गाउनलाई वाटरप्रुफ कपडा, धागो, चेन, इलास्टिक र वाटरप्रुफ टेपिड (पानी, थुकका छिटा, वाफ र हावा छिर्न नदिने)चाहिन्छ। यिनै सामग्रीको प्रयोग गरेर आफूले बनाएका १०० वटा गाउन अधिकारीले राष्ट्रिय आविष्कार केन्द्रमा पठाए। स्वास्थ्य मन्त्रालय र गुणस्तर विभागले त्यसको गुणस्तरीयता जाँच गर्‍यो।
गुणस्तर विभागले अधिकारीलाई कभर अल गाउन बनाउने सर्टिफिकेट दिएको छ। उनको उद्योगबाट अहिले १५०० कभर अल गाउन उत्पादन भइसकेका छन्। उनले तयार पारेका गाउन व्यक्ति, विभिन्न संघ संस्था र स्वास्थ्य क्षेत्रमा खपत भइरहेको छ। तर, यस्ता गाउनले पहिलो पंक्तिमा बसेर कोरोना संक्रमितको जाँच र उपचार गर्ने स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षा नदिने जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे बताउँछन्। उनी भन्छन्, “यस्तो गाउन केही जोखिमबाट सुरक्षित मात्र रहन सुरक्षाकर्मी, समाजसेवी वा भीडभाडमा हिँड्नुपर्ने जो कसैले लगाउँदा हुन्छ।”
सञ्जय अधिकारी पनि यी गाउनले हावा, पानी र बाफ छेक्ने बताउँछन्। “कोरोनाबाट बचाउँछ, बचाउँदैन थाहा छैन तर हावा, पानी र वाफ नछिर्ने यो गाउन लाउँदा पब्लिकमा काम गर्ने सबैलाई सुरक्षित महसुस गराउँछ,” उनी भन्छन्।
साधारण बिरामीको जाँच पनि रोकिएको अवस्थामा, ब्याकलाइनमा बसेर काम गर्ने जोकोहीलाई यस्ता गाउनले केही सुरक्षा दिने डा. पाण्डेको भनाइ छ। तर, अघिल्लो पंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई भने यत्तिको गाउनले जोखिम न्यून नगर्ने उनी बताउँछन्।
आफूले बनाएको गाउनको गुणस्तरबारे प्रश्न उठेपछि अधिकारी गुणस्तर विभाग पनि पुगे। विभाग आफैंसँग पीपीईको पूर्ण गुणस्तर मापन पर्ने प्रविधि छैन। त्यसैले यस्ता सामग्री बनाउँदा बायोमेडिकल इन्जिनियरसँग सुझाव लिनुपर्ने डाक्टर पाण्डे बताउँछन्। डा.पाण्डे भन्छन्, “तर यो विपत् र अभावको घडीमा रोग नछेके पनि बजारमा उत्पादन भएका कभर अल गाउनले केही सुरक्षा चाहिँ दिन्छ।”
" /> काठमाडौं। गत ११ चैतमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले समाजिक सञ्जालमा ‘पीपीई (पर्सनल प्रोटेक्टिभ ईकुप्मेन्ट)बनाउन सिलाइ-बुनाइ उद्योगहरूले सहयोग गर्न सक्ने’ सूचना लेखे। तुरुन्तै सञ्चारमाध्यमले उनको सूचनालाई समाचारको रूपमा सम्प्रेषण गरे। समाचार पुग्यो, व्यवसायी तथा समाजसेवी सञ्जय अधिकारीसम्म। ‘द रेमोण्ड सप’ नामको कपडा सिलाउने उद्योग चलाइरहेका अधिकारीले पुनसँग पीपीईबारे आवश्यक जानकारी लिएर एउटा कभर अल गाउनको स्याम्पल बनाउन शुरू गरे। पीपीई सेटको मुख्य सामग्री हो- कभर अल गाउन।
सिंगो शरीर ढाक्ने कभर अल गाउनलाई वाटरप्रुफ कपडा, धागो, चेन, इलास्टिक र वाटरप्रुफ टेपिड (पानी, थुकका छिटा, वाफ र हावा छिर्न नदिने)चाहिन्छ। यिनै सामग्रीको प्रयोग गरेर आफूले बनाएका १०० वटा गाउन अधिकारीले राष्ट्रिय आविष्कार केन्द्रमा पठाए। स्वास्थ्य मन्त्रालय र गुणस्तर विभागले त्यसको गुणस्तरीयता जाँच गर्‍यो।
गुणस्तर विभागले अधिकारीलाई कभर अल गाउन बनाउने सर्टिफिकेट दिएको छ। उनको उद्योगबाट अहिले १५०० कभर अल गाउन उत्पादन भइसकेका छन्। उनले तयार पारेका गाउन व्यक्ति, विभिन्न संघ संस्था र स्वास्थ्य क्षेत्रमा खपत भइरहेको छ। तर, यस्ता गाउनले पहिलो पंक्तिमा बसेर कोरोना संक्रमितको जाँच र उपचार गर्ने स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षा नदिने जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे बताउँछन्। उनी भन्छन्, “यस्तो गाउन केही जोखिमबाट सुरक्षित मात्र रहन सुरक्षाकर्मी, समाजसेवी वा भीडभाडमा हिँड्नुपर्ने जो कसैले लगाउँदा हुन्छ।”
सञ्जय अधिकारी पनि यी गाउनले हावा, पानी र बाफ छेक्ने बताउँछन्। “कोरोनाबाट बचाउँछ, बचाउँदैन थाहा छैन तर हावा, पानी र वाफ नछिर्ने यो गाउन लाउँदा पब्लिकमा काम गर्ने सबैलाई सुरक्षित महसुस गराउँछ,” उनी भन्छन्।
साधारण बिरामीको जाँच पनि रोकिएको अवस्थामा, ब्याकलाइनमा बसेर काम गर्ने जोकोहीलाई यस्ता गाउनले केही सुरक्षा दिने डा. पाण्डेको भनाइ छ। तर, अघिल्लो पंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई भने यत्तिको गाउनले जोखिम न्यून नगर्ने उनी बताउँछन्।
आफूले बनाएको गाउनको गुणस्तरबारे प्रश्न उठेपछि अधिकारी गुणस्तर विभाग पनि पुगे। विभाग आफैंसँग पीपीईको पूर्ण गुणस्तर मापन पर्ने प्रविधि छैन। त्यसैले यस्ता सामग्री बनाउँदा बायोमेडिकल इन्जिनियरसँग सुझाव लिनुपर्ने डाक्टर पाण्डे बताउँछन्। डा.पाण्डे भन्छन्, “तर यो विपत् र अभावको घडीमा रोग नछेके पनि बजारमा उत्पादन भएका कभर अल गाउनले केही सुरक्षा चाहिँ दिन्छ।”
"> कोरोनाबारे ढुक्क नभए पनि पानी र हावा छेक्छ आविष्कार केन्द्रको गाउनले (भिडिओसहित): Dekhapadhi
कोरोनाबारे ढुक्क नभए पनि पानी र हावा छेक्छ आविष्कार केन्द्रको गाउनले (भिडिओसहित)
काठमाडौं। गत ११ चैतमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले समाजिक सञ्जालमा ‘पीपीई (पर्सनल प्रोटेक्टिभ ईकुप्मेन्ट)बनाउन सिलाइ-बुनाइ उद्योगहरूले सहयोग गर्न सक्ने’ सूचना लेखे। तुरुन्तै सञ्चारमाध्यमले उनको सूचनालाई समाचारको रूपमा सम्प्रेषण गरे। समाचार पुग्यो, व्यवसायी तथा समाजसेवी सञ्जय अधिकारीसम्म। ‘द रेमोण्ड सप’ नामको कपडा सिलाउने उद्योग चलाइरहेका अधिकारीले पुनसँग पीपीईबारे आवश्यक जानकारी लिएर एउटा कभर अल गाउनको स्याम्पल बनाउन शुरू गरे। पीपीई सेटको मुख्य सामग्री हो- कभर अल गाउन।
गुणस्तर विभागले अधिकारीलाई कभर अल गाउन बनाउने सर्टिफिकेट दिएको छ। उनको उद्योगबाट अहिले १५०० कभर अल गाउन उत्पादन भइसकेका छन्। उनले तयार पारेका गाउन व्यक्ति, विभिन्न संघ संस्था र स्वास्थ्य क्षेत्रमा खपत भइरहेको छ। तर, यस्ता गाउनले पहिलो पंक्तिमा बसेर कोरोना संक्रमितको जाँच र उपचार गर्ने स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षा नदिने जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे बताउँछन्। उनी भन्छन्, “यस्तो गाउन केही जोखिमबाट सुरक्षित मात्र रहन सुरक्षाकर्मी, समाजसेवी वा भीडभाडमा हिँड्नुपर्ने जो कसैले लगाउँदा हुन्छ।”
सञ्जय अधिकारी पनि यी गाउनले हावा, पानी र बाफ छेक्ने बताउँछन्। “कोरोनाबाट बचाउँछ, बचाउँदैन थाहा छैन तर हावा, पानी र वाफ नछिर्ने यो गाउन लाउँदा पब्लिकमा काम गर्ने सबैलाई सुरक्षित महसुस गराउँछ,” उनी भन्छन्।
साधारण बिरामीको जाँच पनि रोकिएको अवस्थामा, ब्याकलाइनमा बसेर काम गर्ने जोकोहीलाई यस्ता गाउनले केही सुरक्षा दिने डा. पाण्डेको भनाइ छ। तर, अघिल्लो पंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई भने यत्तिको गाउनले जोखिम न्यून नगर्ने उनी बताउँछन्।
आफूले बनाएको गाउनको गुणस्तरबारे प्रश्न उठेपछि अधिकारी गुणस्तर विभाग पनि पुगे। विभाग आफैंसँग पीपीईको पूर्ण गुणस्तर मापन पर्ने प्रविधि छैन। त्यसैले यस्ता सामग्री बनाउँदा बायोमेडिकल इन्जिनियरसँग सुझाव लिनुपर्ने डाक्टर पाण्डे बताउँछन्। डा.पाण्डे भन्छन्, “तर यो विपत् र अभावको घडीमा रोग नछेके पनि बजारमा उत्पादन भएका कभर अल गाउनले केही सुरक्षा चाहिँ दिन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्