विराटनगर। प्रदेश१ मा कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षणमा ८२१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
थ्रोट स्वाब (पीसीआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २८४ जनाको नमूनामध्ये ४२ महिलासहित २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
यसैगरी, र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको रगत परीक्षणमा ७६ महिलासहित ५५५ जना रिपोर्ट नेगेटिभ आएको छ।
दुवै विधिबाट परीक्षण गरिएका ८२१ जनाको रिपोर्ट आएको प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सूचना डेस्क कार्यालयले जनाएको छ।
थ्रोट स्वाबअन्तर्गत ५० महिलासहित २८४ जना नमूना सङ्कलन गरिएकामध्ये १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
प्रदेशको कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको परीक्षण गरिएको छ भने आरडीटीको रगत परीक्षण प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा स्थलगत रूपमा गरिएको सूचना डेस्कले जनाएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा आजसम्म बस्नेमा ६२ महिलासहित ५६५ रहेका छन् भने २५ जना आफ्नो घर फर्किसकेका छन्।
होम क्वारेन्टाइनमा ६२७ महिलासहित तीन हजार ७१९ रहेका छन् भने आइसोलेसन शय्यामा बस्नेको सङ्ख्या १० रहेको सूचना डेस्कले जनाएको छ। प्रदेशमा क्वारेन्टाइनमा बस्नेको दिन प्रतिदिन वृद्धि भइरहेको छ। रासस
" /> विराटनगर। प्रदेश१ मा कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षणमा ८२१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।थ्रोट स्वाब (पीसीआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २८४ जनाको नमूनामध्ये ४२ महिलासहित २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

">