भोजपुरको हतुवागढी गाउँपालिकाले दीर्घरोगीलाई औषधि ल्याइदियो
<p>भोजपुर। हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्रका दीर्घरोगीका बिरामीलाई खरीद गरेर औषधि ल्याइदिएको छ।</p>
<p>नियमित औषधि खाइरहेका त्यस्ता बिरामीले लकडाउनका कारण औषधि ल्याउन नसकेपछि नाम संकलन गरेर औषधि वितरण गरिएको हो।</p>
<p>गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण सङ्कलन गरेर औषधि ल्याएको हो।</p>
<p>गाउँपालिकाका स्वास्थ्य शाखाको समन्वयमा उनीहरूलाई स:शुल्क औषधि उपलब्ध गराइएको प्रमुख प्रेमकुमार राईले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्