रोकिएका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै प्रदेश १ सरकार
विराटनगर। प्रदेश १ ले लकडाउनका कारण प्रभावित भएका केही महत्वपूर्ण आयोजनालाई सामाजिक दूरी कायम राखेर निरन्तरता दिने तयारी गरेको छ।
प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिक कार्यक्रममा उनले कोभिड-१९ ले अर्थतन्त्रमा असर परेको र आउँदो वर्षको योजना निमार्णमा यसले पार्ने असर अनुमान गर्न नसक्दा चुनौति थपिएको बताए।
अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी निर्माण गरिने उनको प्रतिबद्धता थियो।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा पर्याप्त बजेट रहेको बताउँदै अहिले विकास बजेट कटौती गरी कोरोना विरुद्धको कोषमा लगाउनुपर्ने अवस्था नरहेको बताएका छन्।
उनका अनुसार विकास बजेट बाहेक भ्रमण, अध्ययन भ्रमण, अनुगमन, सेवा परामर्श, कम्प्यूटर, सवारीसाधनलगायतको शीर्षकको बजेट भने रोक्का गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्