मुटुको उपचारपश्चात प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पतालबाट डिस्चार्ज

काठमाडौं। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई डिस्चार्ज भएका छन्।

भट्टराई २९ चैतमा बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए।

उनको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिएको छ।

हिजो, ३ वैशाखमा डिस्चार्ज भएपछि भट्टराईले सामाजिक संजालमार्फत् चिकित्सकको सल्लाह बमोजिम घरमा आराम गरेर बसिरहेको बताएका छन्।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यलाभको लागि चासो राख्ने शुभेच्छुकमा धन्यवाद तथा आभार जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्