नेपालगंज। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको स्यानिटाइजर यहाँको एक औषधि पसलले बिक्री गरिरहेको पाइएको छ।
एसआर ड्रग कम्पनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड स्यानिटाइजर बिक्री गरेको पाइएपछि प्रहरीले छापा मारेर कमला मेडिसिन पसल बन्द गराएको छ।
कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको उक्त स्यानिटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको लेबल छोपेर प्रतिबोतल ६०० रूपैयाँका दरले बिक्री वितरण गरिररहेको फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।
कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालहरूमा गुनासो आएलगत्तै छापा मारिएको वलीले बताए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। रासस
" /> नेपालगंज। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको स्यानिटाइजर यहाँको एक औषधि पसलले बिक्री गरिरहेको पाइएको छ।एसआर ड्रग कम्पनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड स्यानिटाइजर बिक्री गरेको पाइएपछि प्रहरीले छापा मारेर कमला मेडिसिन पसल बन्द गराएको छ।

">