अध्ययनको निष्कर्ष- स्वस्थ व्यक्तिले फैलाउँछन् कोभिड-१९ को संक्रमण

वासिङ्टन। बुधबार प्रकाशित भएको एक अध्ययन प्रतिवेदनले कोरोना भाइरसको संक्रमण स्वस्थ व्यक्तिले सार्ने गरेको उल्लेख छ।

‘पछिल्ला घटना अध्ययन गर्दा स्वस्थ मानिसले कोरोना भाइरसको संक्रमण फैलाइरहेको देखिन्छ,’ नेचर साइन्स नामक जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार कोभिड-१९ को लक्षण देखिनुअघि नै मानिस अत्यधिक संक्रमित भइसकेका हुन्छन्।

‘संक्रमणको लक्षण देखिन थाल्दा थ्रोट स्वाबमा भाइरल लोड उच्च देखिने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसबाट प्रष्‍ट हुन्छ- लक्षण देखिनुअघि नै संक्रमण जटिल बनिसकेको हुन्छ।’

सीएनएनका अनुसार अध्ययनकर्ताहरूको निष्‍कर्ष छ- भाइरसको विस्तार हेर्दा लक्षण देखिनुभन्दा २-३ दिनअघि एक व्यक्तिले अर्कोमा भाइरस सार्ने गरेको पाइन्छ।

लक्षण देखिनुअघि नै मानिसले भाइरस अर्कोमा सारिसक्ने भएकाले सार्वजनिक स्वास्थ्यमा तीव्र हस्तक्षेपको आवश्यकता देखिएको अध्ययनकर्ताहरूले सुझाएका छन्।

कोभिड-१९ का बिरामीहरूसँग पहिलो पटक लक्षण देखिएको सम्झनाका आधारमा यो अध्ययन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्