आईएमएफ भन्छ- ६० वर्षपछि एशियाली मुलुकको विकास अवरुद्ध

वासिङ्टन। अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोभिड–१९ को महामारीका कारण एशियाली मुलुकहरूको विकास अवरुद्ध हुने बताएको छ।

यो ६० वर्षयताको पहिलो घटना भएको आईएमएफको निष्‍कर्ष छ। एशियाली मुलुकहरूको विकास अवरुद्ध हुँदा विश्‍वव्यापी आर्थिक संकट चुलिने संस्थाले बताएको छ।

तर, कोरोना भाइरसको संक्रमण रोक्न तत्काल सफलता मिल्यो भने सन् २०२१ मा एशियाको विकास दर ह्वात्तै बढ्ने प्रक्षेपण आईएमएफको छ।

यसअघि विश्‍व बैंकले दक्षिण एशियाली मुलुकहरू ४० वर्षमा पहिलो पटक खराब आर्थिक संकटबाट गुज्रिएको बताएको थियो। त्यसको एक दिनपछि आईएमएफले पूरै एशियाली मुलुकहरूको अवस्थाबारे बोलेको हो।

यसैबीच, १९ वटा मुलुकका सरकार र युरोपियन युनियनसहितको जी-२० समूहले ७७ वटा गरिब देशहरूको ऋण भुक्तानीको अवधि थप्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्