लकडाउनमै उपत्यकामा ७३ सवारी दुर्घटना
काठमाडौं। लकडाउनको अवधिमा हालसम्म काठमाडौं उपत्यकामा ७३ वटा सवारी दुर्घटना भएका छन्।
सरकारले ११ चैतदेखि लागू हुनेगरी देशभर लकडाउन गरेको छ। अहिले लकडाउनको चौथो चरण चलिरहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो अवधिभर उपत्यकामा भएका दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते छन्। अन्य ४५ जना सामान्य घाइते छन्।
“पानी ट्यांकरलगायत अत्यावश्यक सामान बोकेका सवारी पनि दुर्घटनामा परेका छन्,” उनले भने, “सडक खाली देखेर तीव्र गतिमा हाँक्ने गर्दा दुर्घटना भएको हो।”
कतिपयले लकडाउनको समयमा प्रहरीबाट लुकेर सवारी हाँक्ने गरेको पनि भेटिएको छ। यो अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाएको पनि फेला पारेको छ।
२१ जना सवारीलाई मापसेअन्तर्गत ट्राफिक प्रहरीले कारबाही गरेको छ। “फाट्टफुट मोटरसाइकल चलाउँदा पनि दुर्घटना भएको देखिन्छ,” उनले भने, “कतिपयसँग लाइसेन्स नभएको पनि भेटिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्