दोलखा। काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टबाट दोलखा आएका तीनजनाको कोभिड-१९ परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाका अनुसार तामाकोशी गाउँपालिकाकी एक महिला र दुईजना पुरुषको नमूना संकलन गरेर धुलिखेल अस्पताल पठाइएको हो।
अपार्टमेन्टमा बस्ने ती तीनजना केही दिनअघि आएका हुन्।
हिजो, ३ वैशाखमा पठाइएको नमूनाको आजसम्ममा नतिजा आइसक्ने झाले जानकारी दिए।
अपार्टमेन्टको 'ब्लक ए' मा बस्ने एकै परिवारका दुईजनामा कोभिड-१९ पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनामा परीक्षण गर्ने योजना बमोजिम हिजो र्यापिड टेष्ट गरिएको थियो।
आरडीटी परीक्षण गरिएका २९८ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ। रासस
" /> दोलखा। काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टबाट दोलखा आएका तीनजनाको कोभिड-१९ परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाका अनुसार तामाकोशी गाउँपालिकाकी एक महिला र दुईजना पुरुषको नमूना संकलन गरेर धुलिखेल अस्पताल पठाइएको हो।

">