दुबईबाट फर्केका झापाका एक युवाको र्यापिड टेष्ट नतिजा पोजेटिभ

भद्रपुर। झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) बाट कोभिड-१९ परीक्षण गर्दा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ ।

सो गाउँपालिकाका ६१ जनाको र्‍यापिड टेष्‍ट गरिएकोमा वडा- २ का ३१ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए।

५ चैतमा दुबईबाट घर फर्किएका उनको स्वास्थ्य अवस्था सामान्य छ। घर आएदेखि नै उनी होम क्वारेन्टाइनमा बसेका थिए।

चौलागाईँका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित परिवारका सातजनाको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

हल्दिबारीका अन्य १४ जनाको समेत थ्रोट स्वाब परीक्षणका लागि पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्