काठमाडौं। चर्चित लेखक/इतिहासकार युवल नोआ हरारी र उनका पार्टनर इत्जिव याहवले विश्व स्वास्थ्य संगठनलाई १० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन्। ३ वैशाखमा दुई जनाको विज्ञप्ति ट्वीट गर्दै लेखक हरारीले आफूहरूको सामाजिक कल्याणकारी संस्था ‘सेपियन्सशीप’ का तर्फबाट डब्लूएचओलाई उक्त रकम सहयोग दिने घोषणा गरेका हुन्।
डब्लुएचओलाई अनुदान कटौति गरिएको प्रतिक्रियास्वरूप त्यस्तै सहयोग घोषणा गरिएको भन्दै उनीहरूले संसारभरबाट त्यसरी सहयोग गर्न पनि आग्रह गरेका छन्।
अहिलेको संकटको सबैभन्दा ठूलो शत्रु कोरोना भाइरस नभएर मानव जातिभित्रको घुणा र लोभ भएको बताउँदै उनीहरूले विदेशी वा अल्पसंख्यकप्रति महामारीको दोष थोपर्ने वा धनी व्यक्तिले आफ्नो लाभ मात्रै सोच्ने हो भने महामारीविरूद्ध सफलता पाउन गाह्रो हुने उल्लेख गरेका छन्।
तर विश्वजगतले एकतावद्ध भएर उदार भावका साथ महामारीसँग जुध्ने हो भने संकटलाई सजिलै पराजित गर्न सक्ने र महामारी अघिको अवस्था भन्दा पनि मजबुत हुनसक्ने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘महामारीलाई रोक्ने र मानवताको रक्षा गर्ने प्रयासको विश्व स्वास्थ्य संगठनले नेतृत्व गरिरहेको छ। दुर्भाग्यवस अमेरिकी राष्ट्रपतिले डब्लूएचओलाई अनुदान रोक्न समय अहिलेलाई छानेका छन्,’ उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘भाग्यवस यो संसारमा सात अर्ब भन्दा बढी अरू व्यक्ति छन्, र हामीले अझ राम्रो गर्न सक्छौं। हामी यो कठिन समयमा एक(अर्काबीच सहकार्य र सहयोगका लागि सबै व्यक्तिलाई आव्हान गर्दछौं।’
उनीहरूले डब्ल्यूएचओको वेबसाइटमा गएर त्यहाँ बताइएअनुसार अनुदान दिन पनि आग्रह गरेका छन्।
" /> काठमाडौं। चर्चित लेखक/इतिहासकार युवल नोआ हरारी र उनका पार्टनर इत्जिव याहवले विश्व स्वास्थ्य संगठनलाई १० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन्। ३ वैशाखमा दुई जनाको विज्ञप्ति ट्वीट गर्दै लेखक हरारीले आफूहरूको सामाजिक कल्याणकारी संस्था ‘सेपियन्सशीप’ का तर्फबाट डब्लूएचओलाई उक्त रकम सहयोग दिने घोषणा गरेका हुन्।डब्लुएचओलाई अनुदान कटौति गरिएको प्रतिक्रियास्वरूप त्यस्तै सहयोग घोषणा गरिएको भन्दै उनीहरूले संसारभरबाट त्यसरी सहयोग गर्न पनि आग्रह गरेका छन्।

">