काठमाडौं। इटलीबाट ४ चैतमा काठमाडौं आएकी ३१ वर्षीया महिलामा र्यापीड डाइगोनोस्टीक किटबाट गरिएको परीक्षणमा पोजेटिभ नतिजा देखिएपछि आइसोलेसनमा भर्ना गरिएको छ।
काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९ की ती महिलाको ३ बैशाखमा वडामै आरडीटी किट परीक्षणबाट नमूना जाँच गरिएको थियो। जाँचमा नतिजा पोजेटिभ देखिएपछि हिजो नै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए।
आरडीटी पोजेटिभ देखिएपछि ती महिलाको थ्रोट स्वाबको नमूना हिजो नै संकलन गरेर पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ। आज पीसीआरको नतिजा आएपछि उनमा कोरोना संक्रमण छ की छैन भन्ने पुष्टि हुने जानकारी पाएको वडाध्यक्ष सापकोटाले जानकारी दिए।
“विदेशबाट फर्कँदा विमानस्थलमा नै स्वास्थ्य जाँच गरेकी रहिछन्”, उनले भने, “स्वास्थ्य सामान्य थियो। घरमा पुगेर पनि उनी २०-२२ दिन क्वारेन्टाइनमा नै बसेकी थिईन्।” वडास्तरमा विदेशबाट फर्किएकाहरूको आरडीटी किटद्वारा परीक्षण गर्न क्रममा हिजो आफै आएर परीक्षण गराउँदा पोजेटिभ देखिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए।
आरडीटी किट परीक्षणमा नतिजा पोजेटिभ देखिएपछि परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा रहन र बाहिर ननिस्कन भनिएको छ।
पीसीआर परीक्षणको रिपोर्ट आएपछि परिवारका सदस्यहरूको पनि आरडीटी परीक्षण गरिने वडा कार्यालयले जनाएको छ। ती महिलामा कोरोना भाइरसको लक्षण भने केही नदेखिएको बताइएको छ।
आरडीटी किटबाट परीक्षणका क्रममा अधिकाशंको शरीरमा एन्टीबडी पोजेटिभ देखिइरहेको छ। केहीदिन अघि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएका तीनजनामा पनि आरडीटी किटद्वारा परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो।तत्कालै उनीहरुको पीसीआर परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिए पनि अर्का व्यक्तिमा भने नेगेटिभ देखिएको थियो।
" /> काठमाडौं। इटलीबाट ४ चैतमा काठमाडौं आएकी ३१ वर्षीया महिलामा र्यापीड डाइगोनोस्टीक किटबाट गरिएको परीक्षणमा पोजेटिभ नतिजा देखिएपछि आइसोलेसनमा भर्ना गरिएको छ।काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९ की ती महिलाको ३ बैशाखमा वडामै आरडीटी किट परीक्षणबाट नमूना जाँच गरिएको थियो। जाँचमा नतिजा पोजेटिभ देखिएपछि हिजो नै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए।

">