कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै अख्तियारले हिरासतका चारजनालाई धरौटीमा छाड्यो
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै आज चारजना थुनुवालाई तारेखमा छाडेको छ।

कसूरको गम्भीर्यता, अनुसन्धानको पूर्णता र कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उनीहरूलाई छाडिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

‘हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि’ समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेकामध्ये चारजनालाई बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा छाडिएको अख्तियारले जनाएको छ।

अख्तियारले यसअघि पनि आठजनालाई हिरासतमुक्त गरेको थियो।

आयोगले आज जारी गरेको विज्ञप्तिमा कुन-कुन मुद्धाका क-कसलाई छाडिएको हो भन्ने चाहिँ खुलाएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्