परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विदेशमा रहेका नेपालीको अवस्थाबारे नेपाली राजदूतहरूसँग छलफल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज युरोपेली देशहरूमा रहेका नेपाली राजदूतहरूसँग टेलिफोनमार्फत् छलफल गरेका छन्। त्यस्तै अष्ट्रेलिया र थाइल्याण्डस्थित नेपाली राजदूतहरूसँग पनि छलफल गरेको उनले ट्वीट गर्दै जानकारी दिएका छन्

ती देशमा कोभिड-१९ महामारीले पारेको प्रभाव तथा त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशा-व्यवसाय गर्दै बसोबास गरिरहेका नेपालीको अवस्थाबारे छलफल गरेको उनले जनाएका छन्।

नेपालीहरूको भिसा थप गर्ने, अन्य सम्भावित सहयोग र सम्बन्धित देशहरूसँगको भविष्यको सहकार्यबारे छलफल गरेको उनले ट्वीटमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्