काठमाडौं। आरडीटी किट परीक्षणबाट पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा पोजिटिभ देखिएको सबै नतिजा पीसीआर परीक्षणमा नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुन-कुन जिल्लामा आरडीटी पोजिटिभ आएको नतिजा नेगेटिभ देखियो भन्ने प्रष्ट भने पारेको छैन।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षणका गरिएका ती नमूनाको नतिजा नेगेटिभ आएको बताएका हुन्।

विभिन्न स्थानमा हिजो र आज गरिएको आरडीटी किट परीक्षणमा केही नतिजा पोजेटिभ आएका थिए। ती परीक्षणको नतिजा पोजिटिभ देखिएपछि पीसीआर विधिबाट पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थिए।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर र आरडीटी किट परीक्षणबाट १९ हजार ४३२ नमूना परीक्षण गरिएको छ।

पीसीआरबाट ७ हजार २४० र आरडीटीबाट १२ हजार १९२ नमूना परीक्षण गरिएका छन्। आरडीटी परीक्षण ६९ जिल्लामा शुरू भइसकेको र अब ८ जिल्लामा शुरू हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व र डोल्पामा बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

आजसम्म क्वारेन्टाइनमा ४ हजार ९०१ जना रहेका छन्। आइसोलेसनमा १०३ जना रहेका छन्।

आजसम्म मोबाइल एप, वेभपेज लगायतमा स्वास्थ्यको जानकारी लिनको संख्या १८ हजार ४३४ रहेको मन्त्रालयले जनाएको छ।

उनीहरुमध्ये अहिलेसम्म २४७ जनालाई रेडजोनमा राखिएको छ। रेडजोनका मानिसहरूको संक्रमित हुन सक्ने भएकाले उनीहरूको ट्रेसिङको काम भइरहेको छ।

वीरगञ्ज महानगरपालिका-२ अन्तर्गत छपकैयामा आज ४०० जनाको आरडीटी किट परीक्षणबाट गरिएको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। आरडीटी किट परीक्षणबाट पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा पोजिटिभ देखिएको सबै नतिजा पीसीआर परीक्षणमा नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुन-कुन जिल्लामा आरडीटी पोजिटिभ आएको नतिजा नेगेटिभ देखियो भन्ने प्रष्ट भने पारेको छैन।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षणका गरिएका ती नमूनाको नतिजा नेगेटिभ आएको बताएका हुन्।

विभिन्न स्थानमा हिजो र आज गरिएको आरडीटी किट परीक्षणमा केही नतिजा पोजेटिभ आएका थिए। ती परीक्षणको नतिजा पोजिटिभ देखिएपछि पीसीआर विधिबाट पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थिए।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर र आरडीटी किट परीक्षणबाट १९ हजार ४३२ नमूना परीक्षण गरिएको छ।

पीसीआरबाट ७ हजार २४० र आरडीटीबाट १२ हजार १९२ नमूना परीक्षण गरिएका छन्। आरडीटी परीक्षण ६९ जिल्लामा शुरू भइसकेको र अब ८ जिल्लामा शुरू हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व र डोल्पामा बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

आजसम्म क्वारेन्टाइनमा ४ हजार ९०१ जना रहेका छन्। आइसोलेसनमा १०३ जना रहेका छन्।

आजसम्म मोबाइल एप, वेभपेज लगायतमा स्वास्थ्यको जानकारी लिनको संख्या १८ हजार ४३४ रहेको मन्त्रालयले जनाएको छ।

उनीहरुमध्ये अहिलेसम्म २४७ जनालाई रेडजोनमा राखिएको छ। रेडजोनका मानिसहरूको संक्रमित हुन सक्ने भएकाले उनीहरूको ट्रेसिङको काम भइरहेको छ।

वीरगञ्ज महानगरपालिका-२ अन्तर्गत छपकैयामा आज ४०० जनाको आरडीटी किट परीक्षणबाट गरिएको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

"> पछिल्लो २४ घण्टामा आरडीटी परीक्षणमा पोजिटिभ आएका सबै नतिजा पीसीआरमा नेगेटिभ: Dekhapadhi
पछिल्लो २४ घण्टामा आरडीटी परीक्षणमा पोजिटिभ आएका सबै नतिजा पीसीआरमा नेगेटिभ
काठमाडौं। आरडीटी किट परीक्षणबाट पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा पोजिटिभ देखिएको सबै नतिजा पीसीआर परीक्षणमा नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुन-कुन जिल्लामा आरडीटी पोजिटिभ आएको नतिजा नेगेटिभ देखियो भन्ने प्रष्ट भने पारेको छैन।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षणका गरिएका ती नमूनाको नतिजा नेगेटिभ आएको बताएका हुन्।

विभिन्न स्थानमा हिजो र आज गरिएको आरडीटी किट परीक्षणमा केही नतिजा पोजेटिभ आएका थिए। ती परीक्षणको नतिजा पोजिटिभ देखिएपछि पीसीआर विधिबाट पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थिए।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर र आरडीटी किट परीक्षणबाट १९ हजार ४३२ नमूना परीक्षण गरिएको छ।

पीसीआरबाट ७ हजार २४० र आरडीटीबाट १२ हजार १९२ नमूना परीक्षण गरिएका छन्। आरडीटी परीक्षण ६९ जिल्लामा शुरू भइसकेको र अब ८ जिल्लामा शुरू हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व र डोल्पामा बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

आजसम्म क्वारेन्टाइनमा ४ हजार ९०१ जना रहेका छन्। आइसोलेसनमा १०३ जना रहेका छन्।

आजसम्म मोबाइल एप, वेभपेज लगायतमा स्वास्थ्यको जानकारी लिनको संख्या १८ हजार ४३४ रहेको मन्त्रालयले जनाएको छ।

उनीहरुमध्ये अहिलेसम्म २४७ जनालाई रेडजोनमा राखिएको छ। रेडजोनका मानिसहरूको संक्रमित हुन सक्ने भएकाले उनीहरूको ट्रेसिङको काम भइरहेको छ।

वीरगञ्ज महानगरपालिका-२ अन्तर्गत छपकैयामा आज ४०० जनाको आरडीटी किट परीक्षणबाट गरिएको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्