ताेकिएकाे भन्दा बढी मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने दुई पसललाई जरिवाना
काठमाडाैं। दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।

लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्यवृद्धि गरी बिक्री गरेकाले महांँकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रूपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाहीस्वरूप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिए।

उनका अनुसार आजै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरीद बिल नभएकाले पचास हजार रूपैयाँ जरिवाना गराइएको छ।

अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए।

विभागले हिजाे, ३ वैशाखमा बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई दुई लाख रूपैयाँ जरिवाना गराएकाे थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्