विराटनगर। प्रदेश १ मा हालसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट ८२६ जनाको कोभिड-१९ परीक्षण भएको छ। यसमध्ये एकजनाको रिपाेर्ट पोजिटिभ आएको थियाे।
झापाको हल्दीबारीमा आरडीटीमा पोजिटिभ देखिएका एकजना पुरुषको रिपाेर्ट कोशी अस्पताल विराटनगरमा पीसीआरबाट परीक्षण गर्दा आज नेगेटिभ आएको छ।
ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट हिजाे, ३ वैशाखसम्म ३४१ जनाको नमूना परीक्षण गरिएकाे छ, जसमध्ये ६५ महिला र २७६ पुरुष छन्।
यसमध्ये ४९ महिला र २४३ महिलाको रिपाेर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ। अन्यकाे रिपाेर्ट आउन बाँकी छ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ।
प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरूको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको संख्या हालसम्म ५६८ छ । चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन्।
क्वरोन्टाइनमा ६८ महिला र ५९९ छन्।
यस्तै आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन्। अब आइसोलेसनमा जम्मा आठजना बाँकी छन्।
होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
" /> विराटनगर। प्रदेश १ मा हालसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट ८२६ जनाको कोभिड-१९ परीक्षण भएको छ। यसमध्ये एकजनाको रिपाेर्ट पोजिटिभ आएको थियाे।झापाको हल्दीबारीमा आरडीटीमा पोजिटिभ देखिएका एकजना पुरुषको रिपाेर्ट कोशी अस्पताल विराटनगरमा पीसीआरबाट परीक्षण गर्दा आज नेगेटिभ आएको छ।

">