काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
आज इण्डियन आयल कर्पोरेसनबाटप्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५/१५ दिनमा समायोजन गर्दै आएको छ।
कोभिड–१९ फैलने जोखिम रहेको भन्दै सरकारले गएको ११ चैतदेखि यही १५ वैशाखसम्म ‘लकडाउन’ गरेको छ। लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। रासस
" /> काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।आज इण्डियन आयल कर्पोरेसनबाटप्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

">