‘कटुवाल शैली’मा कोरोना सचेतना (भिडिओसहित)

काठमाडौं। कुनै समय थियो, गाउँमा सञ्चारको सुविधा थिएन।

बाटोघाटो निर्माण, अन्य श्रमदानका कार्यक्रम वा सार्वजनिक चासोका कुनै कार्यक्रम भए ‘कटुवाल’ खटाइन्थ्यो।

अर्थात्, गाउँ/टोलभरी सुनिनेगरी कुनै अग्लो ठाउँमा गएर त्यसबारे जानकारी दिइन्थ्यो।

तर, समय फेरियो। अहिले सबैका हातहातमा मोबाइल छन्। मोबाइलमै रेडियो सुन्न मिल्नदेखि इन्टरनेट चलाउनेसम्मको सुविधा छ।

अझ भनौँ, एउटा मोबाइलमा संसार अटेको छ। कहाँ के भइरहेको छ भन्ने सबै जानकारी एक क्लिकमा प्राप्त गर्न सकिन्छ।

यद्यपी, गाउँमा इन्टरनेटको सुविधा भने त्यति भरपर्दो छैन।

त्यही भएर पनि होला उही पुरानै ‘कटुवाल’ शैलीको झल्को दिनेगरी रुकुमको बाँफिकोट स्यार्पु क्षेत्रमा कोरोना भाइरससँग बच्नेबारे सचेतना फैलाइएको एउटा भिडिओ सार्वजनिक भएको छ।

नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेको भिडिओमा एक व्यक्ति कुन बाटो हिँड्ने, नयाँ मान्छे आउँदा के गर्ने भन्ने जानकारी दिन्छन्। त्यतिमात्र होइन झण्डा गाडेर ‘एरिया’समेत छुट्टयाइएको देख्न सकिन्छ।

‘हाम्रो सचेतनाको एउटा पाटो, अरुलाई बचाउँ आफू पनि बचौँ’ भिडिओ शेयर गर्दै नेता शर्माले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्