नयाँ ग्रहको नाम खगोलशास्त्रीहरूले ‘केप्लर-१६४९ सी’ जुराएका छन्। यो पृथ्वीभन्दा १.०६ गुणा ठूलो छ। पृथ्वीले सूर्यबाट पाउने प्रकाशको करिब ७५ प्रतिशत यस ग्रहले आफूले परिक्रमा गरिरहेको ताराबाट प्राप्त गर्छ। सोही कारण यसको तापक्रम जीवनका लागि उपयुक्त हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्।
यो ग्रह उसको ताराबाट ‘ह्याबिटेबल जोन’मा छ। आफ्नो ताराबाट धेरै टाढा या धेरै नजिक भएको अन्तरिक्षको इलाकालाई वैज्ञानिकहरूले नाम दिएका छन्, ‘ह्याबिटेबल जोन’।
त्यस्तै इलाकामा पर्ने भएको ‘केप्लर-१६४९ सी’को सतहमा पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ, जसले सुदूर भविष्यमा जीवनको सम्भावना रहेको उनीहरू बताउँछन्।
तर, यस ग्रहले एक रातो र पुड्को ताराको परिक्रमा गर्छ, जो हाम्रो सूर्यभन्दा धेरै सानो र चिसो छ। र, सूर्यभन्दा पृथ्वी जति नजिक छ, त्यसको तुलनामा यो ग्रह उसको ताराभन्दा कम दूरिमा घुमिरहेको छ।
पृथ्वीको १९.५ दिनमा यसले आफ्नो कक्षको परिक्रमा गरिसक्छ। त्यसको अर्थ कुनै रेडिएसनको प्रभावका कारण जीवनको सम्भावना क्षिण हुने सम्भावनालाई पनि नकार्न सकिँदैन। तथापि हालसम्म त्यस्तो कुनै खतरनाक अवस्था टेलिस्कोपले रेकर्ड गरेको छैन।
‘यो ग्रहले दोस्रो पृथ्वीको खोजीमा थप आशा जगाएको छ,’ नासाको साइन्स मिसन निर्देशनालयका एसोसिएट प्रशासक थोमस जुर्बुचेन भन्छन्, ‘लाखौं ताराहरूको बीचमा दोस्रो पृथ्वी हुन सक्ने सम्भावनालाई पछिल्लो खोजले बल दिन्छ।’
नासाले पछिल्लो समय ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस) मिसन सञ्चालन गरिरहेको छ, जसले केप्लर टेलिस्कोप मिसनले जस्तै एक्जोप्लानेटहरूमा जीवनको खोजी गर्छ।
‘केप्लर-१६४९ सी’जस्तै ग्रह यसअघि पनि पत्ता नलागेका भने होइनन्। पृथ्वीबाट ३९ प्रकाश वर्ष टाढाको ट्रपिस्ट-१ पनि यस्तै एक ग्रह हो। यस्तै, ‘ट्रापिस्ट-१ डी’ र ‘टीओआई ७०० डी’ नाम दिइएका एक्जोप्लानेटमा पनि वैज्ञानिकहरूले जीवनको सम्भावना औंल्याएका थिए।
यसअघि २३ जुलाई २०१५ मा वैज्ञानिकहरूले ‘केप्लर ४५२ बी’ एक्जोप्लानेट पत्ता लागेको बताएका थिए, जो पृथ्वीबाट १४ सय प्रकाश वर्ष टाढा छ।
" />नयाँ ग्रहको नाम खगोलशास्त्रीहरूले ‘केप्लर-१६४९ सी’ जुराएका छन्। यो पृथ्वीभन्दा १.०६ गुणा ठूलो छ। पृथ्वीले सूर्यबाट पाउने प्रकाशको करिब ७५ प्रतिशत यस ग्रहले आफूले परिक्रमा गरिरहेको ताराबाट प्राप्त गर्छ। सोही कारण यसको तापक्रम जीवनका लागि उपयुक्त हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्।

">